काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेको छ । जसमा एकजना व्यक्ति सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।
यसलाई लिएर प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको तस्वीर बाहिर सार्वजनिक गरिएको भन्दै रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् ।
नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।
अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला रु अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो रु कति हो यो फोटोको मूल्य रु न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।
रास्वपाका नेताले यस्तो दाबी गरिरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने तस्वीरमा देखिएका व्यक्ति रास्वपा सभापति लामिछाने नभएको बताइरहेका छन् । तस्वीरमा प्रष्ट अनुहार देखिएको छैन । यसले गर्दा तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै हुन् भन्नेमा कतिपयले शंका गरेको पाइएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।
मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।- नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij