तनहुँको बन्दीपुर स्थित भानु माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा कोभिड पोजेटिभ देखिएपछि एक सातालाई पाठनपाठन बन्द गरिएको छ । शिक्षक दुई,छात्रा चार, छात्र तीन गरी नौ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीबार विद्यालयले सूचना जारी गर्दै देखि बिद्यालय बन्द गरिएको हो । भानु माविका विद्यार्थीमा केहि दिनअघि रुघखोकी र ज्वरोका लक्षण देखिएपछि ५३ जनाको एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक ऋषि राम ढकालले जानकारी दिनुभयो । उनीहरूको अवस्था अहिले सामान्य रहेको र होम क्वारेन्टाइनमा रहेको बताइएको छ । अन्य शिक्षक तथा विद्यार्थीहरुको समेत कोरोना परीक्षण गर्ने योजना रहेको बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख अञ्जिर भट्टराईले जानकारी दिनुभयो । केही दिन घरमै रहन सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो । नेपाल सरकारले केहि दिन भित्रै १२ वर्ष भन्दा माथिका बालबालिकालाई पनि खोप लगाउने तैयारी भैरहेको छ । तनहुँमा पछिल्लो समय कोरोना पोजेटिभको सख्या क्रमिक रुपमा बढ्न थालेको छ । जिल्लामा हाल २१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको संख्या बढ्न थालेसंगै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij