काभ्रे। काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ ।
रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख छ । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।
०७९ सालको स्थानीय तह निर्वाचनमा लामा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन् । उनको निधनप्रति एमाले काभ्रेले दुःख व्यक्त गरेको छ ।
एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले एक विज्ञप्ति जारी गर्दै लामाप्रति श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेका छन् । भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij