Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

६७ जना सवार अजरबैजान एअरलाइन्सको विमान कजाकिस्तानमा दुर्घटना

  • 3.3K
    SHARES
  • 3.3K Shares
  • काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्टमा केही हताहतीको सम्भावना रहेको बताइएको छ ।

    स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

    काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

    समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

    अजरबैजान एअरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै बयान आएको छैन ।

     नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार