दुलेगौँडा ११ पुस
गुरुङ समुदायले शुक्लागण्डकीमा तीनदिनसम्म विभिन्न कार्यक्रम गरेर ल्होसार मनाउने भएका छन् । विहीबार दुलेगौडामा पत्रकार सम्मेलन गरेर तमु ह्युला छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्ले साँस्कृतिक झाँकी प्रदर्शनी सहित सम्मेलन र मौलिक खानाका परिकारहरु प्रदर्शन गरेर ल्होसार मनाउने तयारी गरेको जनाएको छ । परिषद शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङ्गले आगामी १३, १४ र १५ गते ल्होसार विशेष कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
गुरुङ्ग समुदायले नयाँ बर्षको रुपमा समेत मनाउने ल्होसारलाई भब्य बनाउन शनिबार झाँकी सहितको सास्कृतिक ¥याली प्रदर्शन गर्ने तथा सास्कृतिक कार्यक्रम सभा आयोजना हुनेछ । दुलेगौडाको विपीचोकदेखि नगरपालिकासम्म साँस्कृतिक ¥याली र सांसद तथा जनप्रतिनिधी सहितको सभा हुनेछ भने आइतबार खेलकुद, सरसफाई र सोमबार लामा गुरुहरुबाट ग्रह शान्ति, पुजा लगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिकाभित्र बसोबास गर्ने तमु(गुरुङ) समुदायको उल्लेख्य उपस्थितीमा हुने कार्यक्रमले जातीय एकतामा सहयोग पु¥याउने परिषदले विश्वास लिएको छ । शुक्लागण्डकीमा झण्डै ८ हजार बढीसंख्यामा गुरुङ्ग समुदायको बसोबास रहेको परिषदको दावि रहेको छ भने यहाँको फिरफिरे र थप्रेकमा यो समुदायका प्रमुख बसोबास रहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij