Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कोशीमा सवारी दुर्घटनाबाट ५ महिनायता १९१ जनाको मृत्यु, ३२७ गम्भीर घाइते

  • 424
    SHARES
  • 424 Shares
  • झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् ।

    चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

    उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको पाइएको छ । त्यसपछि क्रमशः टेम्पो, जीप र कार दुर्घटना भएको उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए ।

    “पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उनले दुर्घटनाको कारण बताउँदै भने, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।”

    सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् । –रासस–

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार