Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देवघाटका बालबालिकालाई न्यानो कपडा सहयोग गर्दै तनहुँको बन पैदावर उद्योग व्यवसायी संघ

  • 438
    SHARES
  • 438 Shares
  • जनचाहना न्यूज
    दमौली १४ पुस
    नेपाल बन पैदावर उद्योग व्यवसायी संघ तनहुँले पछिल्लो समय सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । संघले व्यवसायलाई मर्यादित र व्यवस्थित गर्दै आयआर्जन गरेको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको हो ।  जिल्लाको देवघाट गाउँपालिका–४ सिञ्च्याङगढी स्थित जनज्योति आधारभुत विद्यालयमा अध्यनरत बालबालिकालाई आइतबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको छ । कक्षा १ देखि ५ सम्म  अध्यनरत १६ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयमा अध्यनरत अधिकाँश बालबालिका जनजाति,पिछाडिएका,रआर्थिक अवस्था नाजुक रहेका छन् । जाडोको समयमा न्यानो कपडा पाएपछि बालबालिकाको मुहारमा खुशी छाएको थियो । 

    222.jpg
    नेपाल बन पैदावर उद्योग व्यवसायी संघमार्फत ट्रयाकसुट,स्वीटर सहयोग गरेको हो । संघका केन्द्रीय सदस्य देव रसाइलीले जुत्ता र संघका सदस्य बाबुराम पुरीले टोपी र मोजा व्यक्तिगत रुपमा सहयोग गर्नुभएको संघका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिनुभयो । संघका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न  न्यानो कपडा वितरण कार्यक्रममा देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

    11.jpg कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष सोमराज सिग्देल र संचालन संघका सदस्य यालबहादुर गुरुङले गर्नुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष कृष्णराज लामिछाने,सदस्य बाबुराम पुरी, ,स्वास्थ्य इन्चार्ज रोकेश अधिकारी,टोल विकास संस्थाका पदाधिकारी र स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार