तनहुँ खिष्टियन समाजको आयोजनामा आइतबार दमौलीको अनसन चौतारीमा आयोजित रक्तदान कार्यक्रम बयालीस पिन्ट ब्लड संकलन भएको छ । ईसाइहरुको महान पर्व ख्रीष्टमस दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रमको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले रक्तदान कार्यले ब्लड अभावका कारण मानिसको अकालमा ज्यान जानबाट जोगाउन ब्लडको आवश्यक पर्ने हुँदा प्रशसानीय कार्य भएको उहाँले बताउनुभयो । रक्तदान नै जीवन दान भन्ने मुल मर्मका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको तनहुँ खिष्टियन समाजका अध्यक्ष केबी आलेले जानकारी दिनुभयो । ब्लडको अभावमा अकालमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको समाजका सल्लाहकार नारायण पौडेलले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्त संञ्चार सेवा पोखराको प्रविधिक सहयोग रहेको थियो । ब्लड अभाव हुनबाट जोगाउन यस्ता रक्तदान कार्यले सहयोग पुग्ने क्षेत्रीय रक्त संञ्चार सेवा पोखराका क्षेत्रीय प्रमुख अर्जुन ज्ञावलीले बताउनुभयो । उक्त संकलित ब्लड ब्लड बैक कास्कीमा राखिने बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij