काठमाडौं । भाइरल बालगायक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्थामा समस्या आएपछि बुधबार सचिनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् ।
सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडिओ अभिनय गरेका थिए । हास्य टेलीश्रृङ्खला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन् ।- नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij