Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

राहदानी फाराम सङ्कलन कार्य बन्द गरिदाँ सेवाग्राही मारमा !

  • 289
    SHARES
  • 289 Shares
  • जिल्ला प्रशासन कार्यालय तनहुँले एक महिना अघिदेखि  राहदानी फाराम सङ्कलन कार्य बन्द गरिदिएपछि राहदानीको लागि आउने सेवाग्राही मर्कामा परेका छन् । जिल्लाबाटै सेवा लिइरहेका जिल्लाका बासिन्दाहरुले राहदानी बनाउनको लागि काठमाडौं जानुपर्ने बाध्यता भएपछि सेवाग्राही मारमा परेका छन् । मङ्सिर १ गते देखि एमआरपी फाराम सङ्कलन बन्द गरी  विद्युतीय राहदानी (ई पासपोर्ट) सङ्कलन गर्न लागिएकाले राहदानी फाराम सङ्कलन गर्ने कार्य बन्द गर्नु परेको हो । विद्युतीय राहदानी सङ्कलन कार्य मङ्सिर १५ गते देखि गर्ने भनिएपनि राहदानी विभागले सो जनशक्तिको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही काठमाडौंमा जानु परेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो । मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन् भनिए पनि जनशक्ति र तालिम दिन पनि नआएपछि वितरण कार्य रोकिएको उहाँले बताउनुभयो । काठमाडौं स्थित राजधानी विभागको पत्र अनुसार मङ्सिर १ गतेबाट विद्युतिय राहदानी (ई–पासपोर्ट) जारि गर्ने कार्य प्रारम्भ भएको र जिल्ला प्रशासन कार्यालयहरुबाट विद्युतीय राहदानी लागू नभए सम्मको लागि बन्द गर्न पत्रचार गरिएको थियो । जनशक्ति नहुँदा दैनिक १४० देखि १५० जना राहदानी बनाउनको लागि आउने सेवाग्राहीले समस्या भोग्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय राहदानीको लागि आउनु भएकी बन्दीपुर गाउँपालिकाका बन्दीपुरबाट आउनु विपना बिकले बताउनुभयो । जिल्लाबाट राहदानी फाराम भरी रु.पाँच हजारमा हुने कामलाई रु.२० हजार खर्च हुने अवस्था आउँदा दुःख लागेको बताउनुभयो । दु्रत सेवाको लागि भने राष्ट्रिय परिचय पत्रको फाराम भरी प्राप्त भएको नम्बर सहित राहदानी विभागमा जान सकिने प्रशासनले जनाएको  छ । जिल्लामै सङ्कलन गर्दा रु.पाँच हजार राजस्व तिरेर सेवा लिन सक्नेमा सेवाग्राहीले हाल रु.१२ हजार तिरेर काठमाडौबाट सेवा लिनुपर्दा खर्च बढ्न पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।  कार्यालय अनुसार राहदानी विभागले सर्वसाधारणका लागि विद्युतीय राहदानी ई पासपोर्ट जिल्ला स्तरबाट छिटो व्यवस्था गर्नु जरुरी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भक्तपुर जिल्लामा भने विद्युति राहदानी सङ्कलन  कार्य शुरु गरे जस्तै तनहुँमा पनि शुरु गर्न विभागले ध्यान दिनु पर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार