Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्देको जनगणपति माविका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग

  • 393
    SHARES
  • 393 Shares
  • जनचाहना न्यूज
    दमौली २० पुस
    लायन्स क्लब अफ तनहुँ सत्यवती र सामाजिक अभियान्ता सुदिप गफ्फारको संयुक्त सहयोगमा म्याग्दे गाउँपालिका वडा नम्बर ३ स्थित जनगणपति प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई न्यानो कपडाका साथै शैक्षिक सामग्री प्रदान गरिएको छ। उक्त विद्यालयमा अध्ययनरत बिपन्न १६ जना बालबालिकाका लागि न्यानो कपडा स्विटर र मोजा प्रदान गरिएको छ भने २४ जना बालबालिकाका लागि शैक्षिक सामग्री कलर पेन्सिल कापी र ज्योमेट्री बक्स प्रदान गरिएको हो।

    hhh.jpgविद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरूलाई उक्त सामग्री प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रविराज पोखरेलले जानकारी दिनुभयो । लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनाथ अधिकारीले विपन्न विद्यार्थीका लागि सहयोग गरेकोमा लायन्स क्लब अफ तनहुँ सत्यवती र सामाजिक अभियान्ता गफ्फारप्रति आभार व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार