व्यासनगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरुमा पठनपाठन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
व्यासनगरपालिका अन्र्तगतका शैक्षिक संस्थाहरुको गतिविधीलाई व्यवस्थित गर्नको लागि बसेको बैठकले पठन पाठन र शिक्षण सिकाईको वातावतरण बनाइ दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
विद्यालय संञ्चालनको स्वास्थ्य तथा सुरक्षाको मापदण्ड तयार गरि न्यूनतम विद्यार्थी उपस्थित गराई अभिभावको स्वीकृतिमा पठनपाठको वातावरण सिर्जना गराइ दिनको लागि अनुरोध गरिएको हो ।
उक्त बैठकबाट जिल्लाका अन्य पालिकाहरुलाई पनि शैक्षिक संस्था बन्द गर्नको लागि अनुरोध गर्ने निर्णय भएको व्यासनगरपालिकाका नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उक्त बैठकमा सहायक प्रजिअ चित्राङ्गत बराल,व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल,प्रहरी उपरीक्षक दिनेशराज मैनाली,व्यासनगरपालिकाका नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मी,नेशनल प्याब्सन नेपालका केन्द्रिय सदस्य सन्त तामाङ,बाराही आवासीय माविका प्रिन्सिपल उदित पौडेल,प्याब्सनका जिल्ला उपाध्यक्ष बिश्वेश्वर खनाल,गोरखाली बोडिङका प्रिन्सिपल बीना कैनी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij