Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ट्रकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनको मृत्यु

  • 318
    SHARES
  • 318 Shares
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनको मृत्यु
    कपिलवस्तु । कपिलवस्तु आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं २ गोरूसिंगेका २० वर्षीय अर्जुन थारू छन् ।

    बुद्धभूमि नगरपालिका वडा नं २ बड्हरा पुल नजिक सडकमा बाप्र ०३(००१ ख २२२० नम्बरको ट्रकले लु९१प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा थारुको मृत्यु भएको हो । थारु मोटरसाइकल चालक हुन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-

    • पोखरा न्यूज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार