म्याग्दे गाउँपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा १७ थान कुटानी पिसनी मेशिन बितरण गरेको छ । गाउँपालिकाले किसानलाई रु.३८ हजार मुल्य पर्ने उक्त मेशिनरु.१९ हजारमा उपलब्ध गराइएको हो । गाउँपालिकाकी अध्यक्ष माया देवी राना,उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतकाले किसानलाई मेशिन हस्तान्तरण गरेका हुन् । मेशिन पाएपछि म्याग्देका किसानहरु खुशी भएका छन् । किसानको माग अनुरुप मेशिन खरिद गरी बितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए । गाउँपालिकाले समूह बनेर आएका किसानलाई प्राथमिकता दिई वितरण गरिएको र केही व्यक्तिलाई पनि बितरण गरिएको उनले जानकारी दिए । गाउँका केही स्थानमा मेशिन हुँदा लामो दुरी जानुपर्ने समस्याको अन्त्य भएपछि किसानहरु असाध्य खुशी भएको को उनले बताए । अलिकति धान कुट्न वा अन्य कुटानी पिसानीका काम गर्नको लागि घरको अन्य काम धन्दा छोडेर लामो समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । मेशिन पाएपछि किसानहरू खुशी भएका छन् । मेसिनबाट धान कुट्न ,पिठो पिस्न , मकै , कोदो , गहुँ , फापर पिस्न लगायतका बस्तु कुटानी पिसानी गर्न सकिने गाउँपालिकाकी अध्यक्ष माया देवी रानाले बताइन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij