धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया किशोरीको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो।
खन्ने क्रममा माथिबाट ठूलो ढुंगा खसेर उपाध्यायमाथि बजारिँदा उनको दिउँसो करिब १ बजेतिर घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए।
मृतक उपाध्यायका ४० दिनकी छोरी र अढाई वर्षको छोरा छन्। उनका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत छन्।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij