तनहुँ ७ माघ
तनहुँको बन्दीपुरमा आयोजित अन्तर बिद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङशील प्रतियोगिताको उपाधि पवित्र माध्यमिक विद्यालयले हात पारेको छ ।
बन्दीपुर गाउँपालिका– १ स्थित पवित्र माध्यमिक विद्यालयलेचौ स्वर्ण,पाँच रजत र चार काश्यसहित प्रथम स्थान हासिल गरेको हो ।
उक्त विद्यालयले प्रथम पुरस्कार स्वरूप शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरेको छ । योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै पवित्र माबिले ह्याट्रिक गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले बताउनुभयो ।
यसअघि पवित्र माविले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितिसकेकेको थियो । लगातार ३ बर्ष उपाधी हात पारे संगै पवित्राले मुख्य शिल्ड प्रमाणपत्र ररु. १० हजार समेत हात पार्न सफल बनेको छ ।
यस्तै बन्दीपुर गाउँपालिका– १ मनासलु सेकेण्डरी इङलिस बोर्डिङ्ग स्कूल छ स्वर्ण एक रजत र तीन काश्य सहित दोस्रो हुन सफल भएको छ । द्वितीय पुरस्कार द्वितीय पुरस्कार स्वरूप शिव माविले शिल्ड मेडल प्रमाणपत्र र रु. १० हजार प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा चार स्वर्ण आठ रजत र चार कास्य सहित बन्दीपुर गाउँपालिका–३ स्थित शिव माध्यमिक विद्यालय तृतीय भएको छ । द्वितीय पुरस्कार स्वरूप शिव माविले शिल्ड मेडल प्रमाणपत्र र रु.५ हजार प्राप्त गरेको छ । यही माघ ५ गतेदेखि तीन दिनसम्म बन्दीपुर–४ टुडिखेलमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षता तथा अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख अतिथ्यतामा विजयी समूह तथा खेलाडीहरुलाई शिल्ड मेडल प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका गर्नुभयो ।
गाउँपालिकाका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा पालिकाका ९ विद्यालयका करिव ४५० बिद्यार्थीहरु सहभागी रहेको थियो । प्रतियोगितामा दौड भलिबल, हाइजम्प, लंगजम्प, ज्याब्लीङ थ्रो, लगायतका खेलहरु समावेश गरिएको थियो ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष थापाले बन्दीपुरमा खेलका कार्यक्रमलाई निरन्तर अगाडि बढाउने योजना रहेको बताउनुभयो ।
बन्दीपुरमा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने क्रम भइसकेकोले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा खेलकुदले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij