लायन्स क्लब अफ तनहुँ दमौलीले ७२ क्विन्टल कपडा बितरण गरेको छ । क्लबको स्थापना कालदेखि नै कपडाबाट बञ्चित कम भाग्यमानीहरुका लागि कपडा बितरण गरेको हो । करिब चार बर्षको अवधिमा उक्त परिमाणमा कपडा बितरण गरिएको सो क्लबले जनाएको छ । सामाजिक कार्यमा उदाहरणीय कार्य गर्दै आएको यस क्लबले व्यासनगरपालिका–३ तरकारी लाइनमा लायन्स कपडा बैक स्थापन गरी गरीब,असाहय,कपडा लगाउनबाट बञ्चित भएकाहरुलाई कपडा बितरण गर्दै आएको हो । सन् २०१८ मा राजकुमार श्रेष्ठ राकुको नेतृत्वमा तीस जना सदस्यबाट लायन्स क्लब गठन गरी शुरु गरिएको हो । उक्त क्लबमा हालसम्म चार सय पचास जना आबद्द भैसकेका छन् । उक्त कार्यका लागि विभिन्न व्यक्ति संघसंस्थाहरुले साथ र सहयोग प्रदान गरेको क्लबका अध्यक्ष राजु रानाले जानकारी दिए । कोरोनाले आक्रन्त बनाएको समयमा अक्सिजन कन्सन्टे«टर होस या खानाको अभावमा छटपटिएकाहरुलाई एक छाँक खान नहोस विविध सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको थियो । हाल संञ्चालनमा रहेको कपडा बैकको आर्थिकभार सम्हाल्नका लागि स्थापनाकाल देखि हरेक अंग्रेजी नयाँ बर्ष कन्सर्ट कार्यक्रमको आयोजना गर्दै आएको थियो । कोरोनाका कारण अघिल्लो बर्ष कुनै पनि कार्यक्रम गर्न नसकिएकोले यस बर्ष पुन ः कार्यक्रम गर्ने योजना रहेको क्लबका सचिव बिशाल पण्डितले बताए । लायन्स क्लबद्वारा संञ्चालित लायन्स कपडा बैक सहयोगार्थ यस बर्षको अंग्रेजी नयाँ बर्षमा न्यू एयर इभे कन्र्सटको आयोजना गरिएको उनले बताए । क्लबले हुनेले नहुनेलाई दिऔं भन्ने अभियानबाट पनि कपडा संकलन गर्दै आएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij