जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका(२ स्थित बस्ती छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
पूर्वगाविस अध्यक्ष गोखुल यादवको २८ वर्षीय छोरा ज्ञानु भनिने नरेन्द्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए ।
घटना र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
शव अर्धनग्न अवस्थामा फेला परेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएकोले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानले वास्तविकता खुल्ने एसपी पोखरेलले बताए ।
प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij