Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पूर्वराज्यमन्त्री शर्माको निधन

  • 349
    SHARES
  • 349 Shares
  • काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ। उनको भारतमा उपचारको क्रममा निधन भएको हो।

    मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो। शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित छन्। उनले लामो समय एमालेको राजनीति गरेका थिए।

    उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार