काठमाडौं । उच्च अदालत पाटनले सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि भुजेल धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरीले जनाएको छ ।
गत २८ कात्तिकमा भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा(२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटीको उपचारका क्रममा मृत्यु भएको थियो ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij