काठमाडौं । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका छन् । कास्की अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा धरौटी माग गरेकोविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका हुन् ।
लामिछानेले साधारण तारेखमा बसी मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको थियो ।
उनी बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटी रिहा भएर आइतबार राति नै पोखरा लागेका थिए ।
रवि लामिछाने
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij