Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अभिभावक भेलामा भएको खर्च शिक्षक ढकालले ब्यहोर्ने  

  • 912
    SHARES
  • 912 Shares
  • जनचाहना न्यूज
    तनहुँ १६ माघ 
    जिल्लाको व्यास नगरपालिका–५ ठूलोटार स्थित उदय माध्यमिक विद्यालयले बुधबार ४९ औं अभिभावक भेला,अक्षयकोष र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुप न्यौपानेको सभापतित्वमा उक्त भेला सम्पन्न गरेको हो । अभिभावक भेलामा भएको खर्च विद्यालयका शिक्षक राजु ढकालले ब्यहोर्ने प्रतिबद्धता जनाएको सो विद्यालयले जनाएको छ ।  
    उक्त कार्यक्रममा वडासदस्य सुन्दर वाग्ले,प्रधानाध्यापक जीवन पौड्याल,शिक्षक रञ्जना सोती न्यौपाने लगायतका सहभागिता रहेको थियो ।  शिक्षक ढकालले अभिभावक भेलामा भएको खर्च ब्यहोर्ने प्रतिबद्धता जनाएपछि विद्यालयका प्रधानाध्यापक पौड्यालले धन्यवाद व्यक्त गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार