Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिद्धार्थ बैंक लिमिटेड दमौलीद्वारा सिन्धुको आवासमा रहेका बालबालिकालाई सिरक डसना

  • 444
    SHARES
  • 444 Shares
  • दमौली२१,माघ
    सिद्धार्थ बैंक लिमिटेड दमौली शाखाद्वारा व्यास ५ साँगे सेरा स्थित सिन्धु आधारभूत विद्यालयको आवासीय भवनमा रहेका बालबालिकालाई सिरक डसना प्रदान गरिएको छ । सरस्वती पुजाका अवसरमा आवासीय बालवालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराइएको हो । बैद्धिक अपाङ्गता भएका बालबलिकाहरु अध्ययनरत रहेको आवासीय भवनका लागि सिरक डसना उपलब्ध गराइएको हो । करिव ५० हजार मूल्य बराबरको जाडोको ओढ्ने कपडा उपलब्ध गराइएको बैंकले जनाएको छ । सिद्धार्थ बैंकका संस्थापक लगानीकर्ता एवं समाजसेवी देवकुमार श्रेष्ठले आवासीय भवनका बालबालिकाहरुलाई उक्त कपडा उपलब्ध गराएका हुन् । ९ वटा सिरक, ९ वटा डसना र न्यानो तन्ना उपलब्ध गराइएको हो । फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको श्रेष्ठले बताए । ति बालबालिकाहरुलाई जाडोमा न्यानो भएर बस्न यसले सहयोग पु¥याउनेछ, उनले भने । सिद्धार्थ बैंक लिमिटेड दमौली शाखाका प्रमुख सुधिर वाग्लेले ग्रामिण  क्षेत्रका विपन्न र अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरी सहयोग गरिएको बताए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार