Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँद्वारा सिन्धुका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

  • 324
    SHARES
  • 324 Shares
  • जनचाहना न्यूज
    दमौली २१ माघ 
    शैक्षिक सामग्री वितरण खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले श्रीपञ्चमीकै अवसर पारी सिन्धु आधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । बालबालिकाहरुलाई ४ दर्जन बढी कपि, पेन्सिल र पेन्सिल कटर उपलब्ध गराएको कार्यालयका प्रमुख शम्भुराज खनालले बताउनुभयो । गरिव र विपन्न वर्गका बालबालिकाहरुलाई विद्यालयमा नियमित गराउन र पठनपाठनमा उत्प्रेरणा जगाउन ति सामग्री वितरण गरिएको हो, प्रमुख खनालले   भन्नुभयो कार्यालयका खापासटे पुरन थापाले विद्यालयका अध्यक्ष विमला कुमाललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । ३ हजार ५ सय मुल्य बराबरको सामग्री हस्तान्तरण गरिएको  हो । विद्यालयका सहायक प्रअ ताराबहादुर थापाले उक्त सामग्रीले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो ।    विद्यालयकी अध्यक्ष विमला कुमाल, प्रधानाध्यापक मदन वाग्ले, सहायक प्रअ ताराबहादुर थापा लगायतकाले यस्ता सहयोगले बालबालिकाहरुलाई राहत पुग्नेमा जोड दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार