गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय शिक्षा नीतिलाई व्यवहारिक बनाइनुपर्ने बताएका छन् । यासनगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयको ४६ औ बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । देश,प्रदेशभरीका विद्यालयको स्तरउन्नति गर्ने भन्ने बिषय आफैमा चुनौती रहेको उल्लेख सत्यबतीले गुणस्तर शिक्षा प्रदान गरेर नमुना विद्यालयको रुपमा स्थापित गर्न सफल भएको उनले बताए । स–साना कक्षा देखि नै प्राक्टिकल र अनुसन्धानात्मक शिक्षा प्रदान गर्न सकिए जुनसुकै क्षेत्रमा पनि सहजै प्रतिस्पर्धा गर्न सक्नेछन् । ‘पुन ः दोहोराउँदै उनले भने राष्ट्रिय शिक्षा नीति व्यवहारिक हुनुपर्छ,अनुसन्धान केन्द्रित हुनपर्छ ।’अहिलेको समयको माग नै व्यवहारिक र बैज्ञानिक शिक्षा भएकोले यसतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । सत्यबती गण्डकी प्रदेशकै लागि गौरबको बिषय भएको चर्चा गर्दै यस स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षक,अभिभावकको उच्च मुल्याङ्कन गर्दै धन्यबाद व्यक्त गरे । राजनीतिक लडाईमा जित हासिल गरेसंगै लोकतान्त्रिक गणतन्त्रलाई मजबूद बनाउनको सरकार लागि लागिपरेको उनले बताए । प्रदेश सरकारले महिलाको स्तान र पाठेघरको क्यान्सर हुँदा लाग्ने उपचार खर्च ब्योर्हर्ने गरी शुरुवात गरेको उनले बताए । कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकाहरुलाई मासिक रु.पाच हजार र अभिभावक गुमाएका परिवारलाई रु.५० हजार दिने व्यवस्था मिलाइएको उनले बताए ।
गण्डकी प्रदेशका मन्त्री डोवाटे बिश्वकर्माले सत्यबती विद्यालयले गुणस्तर शिक्षामा उत्कृष्ट भएर ख्याति कमाउन सफल भएको बताउँदै यस विद्यालयबाट अन्य विद्यालयले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । विद्यालयको भौतिक सुधार गर्नुपर्ने आवश्यकता देखिएकोले यसको लागि प्रदेश सरकार सकारात्मक रहेको उनले बताए । गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले गुणस्तर शिक्षाले नै अनुशासित,सभ्य नागरिक,ज्ञान,सीप र समृद्दिको परिकल्पना गर्न सकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सभासदस्यद्वय सरीता गुरुङ, प्रकाशचन्द्र दवाडी, व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, ऋषिङगाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतका वक्ताहरुले सामुदायिक विद्यालय मध्ये उच्च छबि बनाउन सफल भएको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा महत्वपूर्ण योगदान पु¥याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,सदस्य,अभिभाव संघका अध्यक्ष,सदस्य र उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई समेत दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले रमाइला नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij