Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शैक्षिक क्षेत्रमा भानु नगरपालिकाको नविनतम अभ्यास ः सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच  

  • 328
    SHARES
  • 328 Shares
  • जनचाहना न्यूज
    दमौली २५ माघ 
    जिल्लाको भानु नगरपालिकाले शैक्षिक क्षेत्रमा नविनतम् अभ्यासहरु गरेको छ । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि पञ्चवर्षिय योजनाका साथ योजना कार्यान्वयन गरेको हो । 
    भानुका सबै सामुदायिक विद्यालयहरुलाई इन्टरनेटको पहुँचमा ल्याइएको  भानुनगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।  प्रत्येक २ महिनामा नियमित प्रधानाध्यापक बैठक हुने व्यवस्था गरिएको र बैठकमा महत्वपूर्ण र समसामयिक विषयका सूचना प्रवाह, शैक्षिक गुणस्तर र सुशासन अभिवृद्धिका लागि छलफल, अन्तरक्रिया तथा विद्यालयका असल अभ्यास तथा अनुभव शेयरिङ् गर्ने परिपाटीको विकास गरिएको छ  । 
      स्थानीय पाठ्यक्रम हाम्रो भानुु  ९कक्षा १–८ निर्माण र प्रयोग हुनुका साथै हाम्रो भानु नामक स्थानीय विषयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयहरुमा निशुल्क वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक निर्माण गर्ने भानु गण्डकी प्रदेशमा पहिलो पालिका पनि बनेको उपप्रमुख  उमा गोतामेले बताउनु भएको छ ।
    शिक्षा, युवा तथा खेदकुद शाखाको तर्फबाट दैनिक पाठयोजना तथा महत्वपूर्ण शैक्षिक सूचना सहितको शिक्षक डायरीको निर्माण र निशुल्क वितरण गरिएको छ । भानु नगरपालिकाभित्रको प्राविधिक शिक्षालय र गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनका लागि प्रत्येक वडाबाट २ जनाका दरले २६ जनालाई जनही १ लाख ५० हजारका दरले तीनवर्षे प्राविधिक शिक्षा हासिल गर्नका लागि प्राविधिक शिक्षा छात्रवृत्ति उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
     आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क दिने सरकारको नीतिलाई कार्यान्वयन गर्नका लागि  आधारभूत तह कक्षा १–८ सम्मका सबै परीक्षाको जिम्मा  भानु नगरपलिकाले लिएको छ । सबै परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध हुन्छ ।आधारभूत तहका बालबालिकाले परीक्षाको नाममा कुनैपनि शुल्क तिर्नु नपर्ने सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का वडा अध्यक्ष हरिहर उप्रेतीले बताउनु भयो । 
    महिला शिक्षक र बाल विकास सहजकर्ता ९८ दिन सुत्केरी बिदामा हुँदा विद्यालयको पठनपाठनमा असर नपरोस् भनी नगरपालिकाको आन्तरिक स्रोतबाट स्वयमसेवक शिक्षकको व्यवस्था गरिएको छ र यसका लागि नगर कार्यपालिकाबाट स्वयमसेवक शिक्षक परिचालन कार्यविधि २०७९ समेत जारी गरिएको   छ ।
    आधारभूत तह १–८  सञ्चालित दरबन्दी पुरा नभएका सामुदायिक विद्यालयहरुमा नगरपालिकाको तर्फबाट ८ जना निमा तहका गणित, विज्ञान र अंग्रेजी विषय शिक्षकहरुको व्यवस्था गरिएको छ । 
     कक्षागत र विषयगत वार्षिक पाठयोजना¸ विभिन्न शैक्षिक कार्यक्रमहरु र महत्वपूर्ण सूचना सहितको वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी वितरण गर्ने गरिएको छ ।     प्रत्येक सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई स्रोतपूर्ण आकर्षक र सिकाइमैत्री बनाउने उद्देश्यले विभिन्न सिकाइ सामग्री तथा विभिन्न खेल तथा मनोरञ्जनका  सामग्री वितरण गरिएको छ ।
    प्रत्येक विद्यालयमा दिवा खाजा तयारी र व्यवस्थापनका लागि आधारभूत भाँडाकुँडा वितरण गरिनुका साथै सबै विद्यालयहरुका लागि दिवा खाजाको साप्ताहिक मेनु निर्माण गरी कार्यान्वयन गरिएको नगर प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष ईश्वर बहादुर घिमिरेले बताउनु भयो ।
    उहाँका अनुसार शुद्ध खानेपानीको प्रबन्ध गर्नका लागि प्रत्येक मावि तथा निमाविका लागि युरोगार्ड तथा प्राविहरुका लागि फिल्टर र वास वेंशिन वितरण गरिएको  छ ।  प्रत्येक माध्यमिक विद्यालयमा सेनिटरी प्याड डिस्पोजल इलेक्ट्रोनिक मेसिन वितरण गरिएको छ । माध्यमिक विद्यालयमा सेनिटरी प्याड वितरण र आवश्यकता अनुसार आधारभूत विद्यालयमा र सेनिटरी प्याड वितरण, व्यवस्थापन र सहजीकरणका लागि महिला फोकल पर्सन तोकी उनीहरुलाई अभिमुखीकरण गरिएको छ  ।
    सबै विद्यालयका लागि आधारभूत तह कक्षा १–३ मा सुधारात्मक मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम दिइएको र सोको लागि परीक्षा समितिको तर्फबाट विद्यार्थी मूल्याङ्कन अभिलेखीकरण फाराम निर्माण गरी सबै बालबालिकाका लागि निशुल्क वितरण गरिएको छ भने सबै विद्यालयहरुबाट एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अपडेट गरिएको छ ।   सम्पूर्ण मा।वि।मा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन भएको र हाल आधारभूत तहमा व्यवस्थापनको सुरुवात गरिएको छ ।
     विद्यालय तहको जगको रुपमा रहेको बाल विकास केन्द्रलाई थप आकर्षक सिकाइमैत्री र गुणस्तरीय बनाउनका लागि हरेक विद्यालयका ३० जना भन्दा बढी विद्यार्थी भर्ना भएको अवस्थामा एउटा बाल विकास सहयोगी कार्यकर्ताको कोटा थप गर्ने नीति लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको नगरपालिकाका शिक्षा तथ खेलकूद शाखाका प्रमुख नगर शिक्षा अधिकारी ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।
    शिक्षा अधिकारी पौडेलका अनुसार भानु नगरस्तरीय खेलकुद विकास समिति गठन भई खेलकुदका गतिविधिहरु सघनरुपमा सञ्चालन भैरहेका छन् । समिति मार्फत् वडास्तरीय खेलकुद प्रतियोगिता ९वडाकप०¸ मेयर कप¸ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता¸ शिक्षक मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपूर्ण खेलकुद लगायतका खेल गतिविधिहरु अगाडि बढेका छन् ।
    नेपाल सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रति दिन प्रति व्यक्ति रु १५ का दरले दिवाखाजाका लागि अनुदान दिइरहेकोमा भानु नगरपालिकाले रु ५ थप गरी प्रतिव्यक्ति रु २० पुर्याएको छ भने कक्षा ६ सम्म विस्तार गरेको छ । भानु नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्र सहयोगी कार्यकर्ता तथा कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्युनतम् पारिश्रमिक उपलब्ध गराएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार