Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

डुम्रे बचत तथा ऋण सहकारीद्वारा ४४ जना विद्यार्थीलाई पोशाक वितरण 

  • 486
    SHARES
  • 486 Shares
  • जनचाहना न्यूज
    तनहुँ २६ माघ 
    जिल्लाको बन्दिपुर गाउँपालिका–१ डुम्रे बजार स्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं वार्षिकोत्सबको अवसरमा ४४ जना विद्यार्थीलाई पोशाक र खाजा वितरण गरेको छ । 
    सोही वडा स्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाक र खाजा वितरण गरेको संस्थाका अध्यक्ष राम कुमार पियाले जानकारी दिनुभयो ।  
    सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । यसबर्ष विद्यार्थीलाई पोशाक र खाजा वितरण गरिएको सहकारीका ब्यवस्थापक अच्युत सुवेदी जानकारी दिनुभयो । पूर्व जिल्ला शिक्षा अधिकारी एवं स्थानीय देवेन्द्र खनालले सहकारीले विद्यार्थीका लागि गरेको सहयोग प्रति खुशी ब्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार