Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रोटरी क्लवद्वारा पराशर माविलाई वाटर डिस्पेन्सर सहयोग

  • 255
    SHARES
  • 255 Shares
  • रोटरी क्लव अफ दमौलीले व्यास नगरपालिका– ५ पाटन स्थित पराशर माध्यमिक विद्यालयलाई सोमवार  डिस्पेन्सर हस्तान्तरण गरेको छ । उक्त क्लबका  अध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्री, प्रधानाध्यापक रामदत्त पौडेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दामोदर भण्डारी, सचिव वीणा कैनी, पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ,पूर्व अध्यक्ष सूर्यकुमार मल्ल एवं सदस्य आश्विन किशोर श्रेष्ठ लगायतको उपस्थितिमा उक्त सामाग्री प्रदान गरिएको हो । विद्यालयका विद्यार्थीहरुलाई केन्द्रित गरी सफा र स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि उक्त  वाटर  डिस्पेन्सर वितरण गरिएको संस्थाका अध्यक्ष दिनेश कुमार श्रेष्ठले बताए । सामाजिक क्षेत्रमा समर्पित रोटरी क्लब अफ दमौलीले  समाजका विभिन्न क्षेत्रमा विविध सामुदायिक विकासका कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिए । निवर्तमान अध्यक्ष दामोदर भण्डारीले गुणस्तरिय शिक्षा प्राप्त गर्न विद्यार्थीहरुले स्वास्थ्य पिउनेपानी पाउनुपर्छ भन्दै  विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयलाई कम्प्युटर तथा विद्यालयलाई कम्प्युटर ल्याब तथा अन्य शैक्षिक सामग्री सहयोग गर्ने कार्यहरु संस्थाले गर्दै आएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीले संस्थाको सहयोग प्रति हार्दिक कृतज्ञता जाहेर व्यक्त गरिन् । विद्यालयका प्रधानाध्यापक राम दत्त पौडेलले संस्थाले पु¥याएको योगदानलाई विद्यालयले कदापि भुल्न नसकिने बताए । आगामी दिनमा रोटरी क्लब अफ दमौली र परासर माध्यमिक विद्यालयको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । पराशर माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको तथा  शिक्षकहरूको समेत उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार