Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

स्वतन्त्र पत्रकार संघ तनहुँको शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न

  • 340
    SHARES
  • 340 Shares
  • स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा तनहुँको केही दिन अघि सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मंगलबार दमौलीमा शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष केबी सम्राटले कार्यक्रमको उद्घाटन गर्दै पत्रकारले स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने बताए । जनताको माझमा स्वतन्त्र र निष्पक्ष समाचार संम्प्रेषण गरी सुसोचित बनाउनु संञ्चारकर्मीको धर्म र दायित्व भएको उनले बताए । स्वतन्त्र पत्रकार संघ कसैको मुखपत्र बनि स्वतन्त्र रुपमा समाचार संम्प्रेष्ण गर्छ भन्ने आभास जनतालाई दिने गरी काम गर्ने अभियानमा लागेको उनले सो अवसरमा बताए । स्वतन्त्र पत्रकार संघलाई पत्रकार महासंघको हैसियतमा लैजानको लागि आवश्यक पहल कदमी अनुरुप हाल ३८ जिल्लामा शाखा गठन गरिसकिएको उनले बताए ।  संघका महासचिव अन्जनराज न्यौपानेले संञ्चारकर्मी आवाज बिहीनको आवाज भएकोले दुरदराजमा लुकेर रहेका बस्तुस्थितिलाई सार्वजनिक गर्दै सुसुचित गर्नुपर्नेमा जोड दिए ।

    ppp.jpgसंञ्चारकर्मीहरु राजनीतिक दलका निकट रहेर भन्दा पनि स्वतन्त्र रुपमा रहि सशक्त रुपमा कलम चलाउनुपर्नेमा उनले बताए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एस.बि.नेपालीले संख्यात्मक भन्दा पनि गुणस्तर पत्रकारिता अबको आवश्यकता रहेको औल्याए । युवा समाजसेवी मिनबहादुर चदारोले संञ्चारकर्मीले कार्यक्रममा गर्ने अनावश्यक खर्चले दीनदुखी गरीब र असहाय बालबालिकाको लागि टेवा पुराउन पहल गर्नुपर्नेमा जोड दिए । संञ्चारकर्मी कसैको इशारामा चल्नुभन्दा पनि स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने उनको भनाई थियो ।   जिल्ला शाखा तनहुँका अध्यक्ष सुरेश सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संघका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष सम्राटले जिल्लाका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । साथै अतिथी सम्राटले केन्द्रबाट पठाइएका जिल्लाका स्वतन्त्र पत्रकार संघमा आवद्द संञ्चारकर्मीहरुका लागि प्रेस ज्याकेट समेत हस्तान्तरण गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार