जनचाहना न्यूज
तनहुँ १० फागुन
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले एसइइ नतिजा सुधार तथा तयारीको लागि समुदाय साझेदारी कार्यक्रम अघि बढाएको छ । गाउँपालिकाद्वारा पालिकाको चार स्थानमा फागुन महिनाको १ गतेदेखि एसइइ तयारी कक्षा तथा छात्रावास सुविधा सञ्चालन गरेको हो । तयारी कक्षा र छात्रावास सुविधा संचालनमा ल्याएसंगै अनुगमन कार्यलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान आफै उक्त स्थानमा पुगेर अनुगमन कार्य थाल्नुभएको हो ।
कन्यादेवी माध्यमिक विद्यालय हिलेखर्कमा सञ्चालित छात्रावासको सम्पूर्ण व्यवस्थापन र लक्ष्मी माध्यमिक विद्यालय प्युघरमा सञ्चालित छात्रावासको कोचिंग शुल्कको जिम्मा गाउपालिकाले लिएको छ ।
विद्यार्थीका लागि आवश्यक पर्ने खानपानको व्यवस्थापन भने स्वय अभिभावकले गर्ने गरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
त्यसैगरी छिमकेश्वरी माध्यमिक विद्यालय भाँगेका बिद्यार्थीहरु रामशाह माध्यमिक विद्यालयको छात्रावासमा सहभागी गराएको छ ।
रामशाह माध्यमिक विद्यालय आँबुखैरेनी र मित्रता माध्यमिक विद्यालय सत्रसयमा सञ्चालित छात्रावासमा अधिकतम कोचिंग शुल्क गाउँपालिकाले र आंशिक शुल्क अभिभावकले ब्यहोर्ने गरी व्यवस्थापन गरिएको छ ।
छात्रावासका लागि खाद्यान्न सामाग्री उद्योग वाणिज्य संघ(बजार इकाईको नेतृत्वमा निजी संघ संस्थाहरुले सहयोग गरेका छन् । सोही बमोजिम शुक्रबार रामशाह मावि र मित्रता मावि छात्रावासको लागि ६० बोरा चामल सहयोग प्राप्त भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईले ५० र तनहुँ उद्योग वाणिज्य संघ सत्रसय बजार इकाईबाट १० बोरा चामल उपलव्ध गराएर सहयोग गरेको अध्यक्ष चुमानले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij