Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाथीभरामा केबलकार विवाद : सर्वसाधारणका घरमा राँको फालेको आरोपमा १५ जना पक्राउ

  • 372
    SHARES
  • 372 Shares
  • काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध आन्दोलन गरिरहेका १५ जना पक्राउ परेका छन् ।

    सदरमुकाम फुङलिङ बजारमा सर्वसाधारणको घरमा आगोका राँको फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले नेपालभ्युजलाई जानकारी दिइन् ।

    आइतबार राति राँके जुलुस निकालेका आन्दोलनकारीले केही घरमा राँको फालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

    यसपछि प्रशासनले फुङलिङमा निषेधाज्ञा लगाइएको छ । आज ९आइतबार० बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

    फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुने सम्भावित प्रदर्शन, जुलुसका कारण शान्ति सुरक्षा भङ्ग हुने जोखिमलाई मध्यनजर गर्दै निषधाज्ञा लगाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार