जिल्लाको शुक्लागण्डकी नगरपालिकाका कार्यरत कर्मचारी मध्ये नौ कर्मचारीको एक तह बढुवा भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरु एक तह बढुवा भएका हुन् ।
नगरपालिकाको नबौ सभाले कार्यविधी बनाएर ऐन पारित गरेपछि राजपत्रमा प्रकाशित गरि बुधबार राजपत्रमा टिप्पणी उठाएर बढुवा गरिएको हो ।
बढुवा भएका कर्मचारीलाई नगरप्रमुख किसान गुरुङले नियुक्ति पत्र प्रदान गर्नुभएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो ।
यसरी बढुवा हुनेमा चौथो तहबाट पाँचौं,पाँचौ तहबाट छैटौं र छैटौं तहबाट सातौ तहमा बढुवा भएका छन् । बढुवा भएका कर्मचारीहरुलाई धन्यबाद व्यक्त गर्दै आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्न नगरप्रमुख गुरुङले आग्रह गर्नुभएको थियो ।
को कुन तहमा बढुवा भए ?
शिवराज अधिकारी,कल्पना गैह्रे,तुलसी भुषाल र शालिकराम भट्टराई पाँचौ तहमा बढुवा हुनुभएको छ । त्यसैगरी कृष्ण भण्डारी,मन्जु सुवेदी र बिनोद कँडेल छैटौं तहमा र तारापति भट्टराई,हिमा पोख्रेल सातौं तहमा बढुवा भएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij