Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्देमा होमस्टे व्यवस्थापन तथा पुष्प खेती तालिम सम्पन्न

  • 214
    SHARES
  • 214 Shares
  • म्याग्देमा होमस्टे व्यवस्थापन तथा पुष्प खेती सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम ९ मेड्पा ० को आयोजना तथा सम्पदा नेपालको सहजीकरणमा म्याग्देको हर्षपुर डाडागाउ होमस्टेमा तालिम  भएको हो । तालिम समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले होमस्टे खोलेको सुरुका दिनमा अधिकांश महिलाहरू अगाडि उभिएर बोल्न सक्ने अवस्थामा नभएको तर पटकपटकको तालिमले अहिले बोल्न सक्ने भएको बताइन् । होमस्टे सञ्चालन र  तालिमले महिलाहरूको ब्यक्तित्व बिकास भएको छ , रहनसहन , दैनिकिमा परिवर्तन आएको छ , आम्दानिको स्रोत बढेको छ , गाउँको मुहारनैं फेरिएको छ अध्यक्ष रानाले भनिन् । तपाईंहरूले  तालिममा सिकेको कुराहरू ब्यबहारमा उतार्नुहोस , प्रमाणपत्र लिएर बाकसमा राख्ने होइन १ रानाको भनाइ थियो । अध्यक्ष रानाले अपुरो रहेको होमस्टे भवनको रङ्गरोगन गाउँपालिकाले गर्ने बताइन् । त्यस्तै रानाले  गाउँमा सबैको छाना एउटै किसिमको बनाउन सकेमा थप आकर्सक देखिने हुँदा त्यतातिर ध्यानदिन आग्रह गरिन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले यहाँ सुन्दर , जनजातिहरूको बस्ती छ , प्राकृतिक , भौगिलिक रूपले उत्कृष्ट छ , त्यो हेरेर नैं हर्षपुर डाडागाउ होमस्टे खोलेको बताए । घिमिरेले खानेपानी को जुन समस्या छ त्यो छिट्टै पूरा हुने र हर्षपुरमा पानीको समस्या हट्ने बताए । सामुहिक रूपमा , एकताको रूपमा मात्रै होमस्टे सफल हुने र त्यस्तो होमस्टे  प्रभावकारी हुने घिमिरेले बताए ।  कार्यक्रममा अर्का  बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले तालिम , सीप सिकेपछि ब्यबसायिक बन्नुपर्ने कुरामा जोड दिए ।  तपाईंहरू ब्यबसायिक बन्नुहोस भन्दै प्रमुख प्रशासकिय अधिकृत अधिकारीले हर्षपुर होमस्टे म्याग्दे गाउँपालिकाको पहिचान बन्न सकोस भन्ने गाउँपालिकाले चाहेको बताए । तालिममा सहभागी सुनिता थापा रानाले होमस्टे सञ्चालन भएको ४ बर्ष पुग्न लाग्दै गर्दा यश किसिमको तालिम अत्यन्तै उपयोगी भएको बताइन् । मगर जातिको धेरै बसोबास रहेको यहाँ पुरानो संस्कृति झल्किने खालका कौरा लगायतका नृत्य हरू पाहुनालाई देखाउने गरेको थापाले बताइन् । गाउँमा सरसफाइ गर्न , पाहुनालाई खुसि पार्न केकस्तो व्यवहार देखाउन पर्नेरहेछ भन्ने बारेमा जानेको उनले बताइन् । हामीले पहिला समय सिजन केही नभनि फुल रोप्ने गरेका थियौँ , तर,  फुल कुन सिजनमा कस्तो लगाउँदा राम्रो हुन्छ भन्ने बारेमा जान्न पर्ने रहेछ , अहिले त्यो जान्यौं थापाले अनुभव सुनाउँदै भनिन् । उनले गाउँको समस्या सुनाउँदै बर्खा याममा बाटो नराम्रो भएको कारण होमस्टेमा आउने पाहुनालाई आउन गार्‍हो भएको , सडक बत्ती नहुँदा अधेरो भएको , होमस्टे भवन अपुरो भएको हुँदा पूरा गरिदिन आग्रह गरिन् । सोही अवसरमा  अर्का प्रशिक्षार्थी एवम् आमा समुहकी अध्यक्ष सनिसरा थापाले तालिम सिकेको प्रभावकारी भएको तर पानीको समस्याले  अर्गानिक तरकारी हरू उत्पादन गर्न समस्या भएको बताइन् । कार्यक्रममा प्रमुख प्रशिक्षक हरिसिंह गुरूङले राम्रो सम्भावना भएको होमस्टे लाई सरकारले प्राथमिकतामा राखेको बताए । होमस्टे खुलेका ठाउँमा बत्ती , बाटो , पानी पुर्याउन सरकारले प्राथमिकता दिने गरेको गुरूङले बताए । फुल त रोप्यौँ , कुन सिजनमा रोप्यौं , कस्तो फुल रोप्यौं भन्ने बारेमा तालिमले सिकाएको गुरूङको भनाइ थियो । होमस्टे खुलेको  सिङ्गो गाउँनै सुन्दर कसरी बनाउने भन्ने बारेमा सिकायौँ अब तालिम सकियो , ब्यबहारमा तपाईंहरूले उतार्ने हो गुरूङको भनाइ थियो । कार्यक्रममा  प्रदेश सभापति जितराज राना , हुत्तमणि अधिकारि , हिरालाल गुरूङ , जुक्तराज वाग्ले , नवराज पोख्रेल , हरिसिंह गुरूङ , होमस्टेका अध्यक्ष बिहिसरा थापा , बालकृष्ण श्रेष्ठ  , सुमित्रा राना , बिरबहादुर राना , धनबहादुर राना , डिबी थापा , शिव रेग्मी , मनबहादुर श्रेष्ठ , श्रीभद्र आचार्य , ध्रुवराज पण्डित र गुप्त बहादुर थापा लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा होमस्टे का लागि बेड कभर , तन्ना , सिरक , चरेसको थाल गाउँपालिकाले उपलब्ध गराएको थियो । समापन कार्यक्रम म्याग्दे ७ का अध्यक्ष पद्मराज वाग्लेको अध्यक्षतामा र सञ्चालन उद्योग शाखा प्रमुख प्रदिप न्यौपानेले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार