काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रुस र युक्रेनबीचको लडाइँमा मृत्यु भएको छ ।
विसं २०८० असोजमा रुस हिँडेका उनको युद्धमा परेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनी पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि सेनामा भर्ती हुन रुस गएका थिए ।
बुढाथोकीको मृत्यु कहिले भयो भन्ने यकिन छैन । तर परिवारले भने फागुन २४ गते उनको मृत्युको खबर थाहा पाएका थिए ।बुढाथोकीका श्रीमती, एक छोरी र एक छोरा छन् ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij