काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा मात्रै नभएर घरायसी ग्राहकले पनि लोडसेडिङ भोग्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको बेठकमा बोल्दै उनले सर्वसाधारणले पनि लोडसेडिङ व्यहोर्नुपर्ने बताएका हुन् । विद्युतको मागअनुसार आपूर्ति हुन नसकेपछि लोडसेडिङ हुने उनको भनाइ छ ।
साँझको समयमा सर्वसाधरणले लोडसेडिङ व्यहोर्नुपर्ने उनले बताए । ”सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन,’ उनले भने,’ हिजो पनि लोडसेडिङ थियो, आज पनि छ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काले दोहोर्याएका छन् ।
नेपालभ्यु
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij