जनचाहना न्यूज
तनहुँ १२ चैत्र
तनहुँ कारागारमा रहेका दुई कैदीबन्दी यसबर्षको एसइई परीक्षामा सहभागी भएर परीक्षा दिएका छन् । कारागारका परिक्षार्थीका लागि व्यास नगरपालिका–३, दमौलीस्थित महर्षिवेदव्यास केन्द्र तोकिएको भएपनि सुरक्षाको कारणले कारागारमा परीक्षा दिने व्यवस्था मिलाइएको हो । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुनवल नगरपालिका–५ का द स्पाइन सेकेन्डरी स्कुलका एक जनाले तीन विषयको ग्रेडवृद्धि र अर्का जिल्लाको आँबुखैरेनी घरभई निर्मल खुला माविबाट नियमिततर्फ परीक्षा दिएका हुन् ।
कैदीबन्दीको लागि विशेष सुरक्षा व्यवस्था मिलाई कारागार भित्रै जाँच दिने व्यवस्था मिलाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गतबर्ष भानु नगरपालिकाका एक जना कैदी बन्दीले परीक्षा दिएका थिए । मनमा इच्छाशक्ति भए असंम्भव भन्ने हुदैन् भन्ने सन्देश यी दुई कैदीबन्दीले दिएका छन्,उहाँले भन्नुभयो “चारैतिर अग्लो पर्खाल, यसमाथि काँडेतारले घेरिए पनि परीक्षा दिन रोकिएन ।”
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij