जनचाहना न्यूज
दमौली १९ चैत्र
व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि क्याम्पसमा अध्यनरत सरीता माया आले निधन भएको छ । बिए तेश्रो बर्षमा अध्यनरत छात्रा व्यास–२ गणेशमान चोकमा डेरा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । अखिल क्रान्तिकारी समिति तनहुँको आयोजनामा हिजो शोक सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेबिसंघ आदिकवि भानुभक्त इकाइ समिति,अनेरास्ववियु,अखिल क्रान्तिकारी९बहुमत० अखिल समाजवादी लगाएत स्ववियु लगायतको उपस्थिति रहेको थियो । क्यामपसले आफ्नो विद्यार्थी गुमाउँदाको अवस्थामा क्याम्पसको तर्फबाट मृतकका परिवारलाई सहानुभूति दिन घाटसम्म कुनै प्रतिनिधीको सहभागिता नभएको बताइएको छ । विद्यार्थी नेता निर्दोष भट्टराईले सामाजिक संजालमा स्टाटस पोष्ट गरेपछि बल्ल आज क्याम्पसले शोक सभाको आयोजना गरेको थियो । आदिकविमा एक बर्षको अवधिमा ४–५ जनाले ज्यान गुमाउने गरेको अवस्थामा क्याम्पसले सबै विद्यार्थी बोलाएर शोक सभा गरि यस्तो घटना नदोहोर्याउन काउन्सेलिङ गर्नुपर्नेमा निरीह बन्नु दुखद पक्ष भएको विद्यार्थी नेता भट्टराईले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij