Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सरकार र शिक्षक महासङ्घबीचको वार्ता सम्पन्न ः शिक्षक महासंघकातर्फबाट २४ बुँदे ध्यानाकर्षण पत्र पेश 

  • 684
    SHARES
  • 684 Shares
  • काठमाडौं २९ चैत्र
    सरकार र नेपाल शिक्षक महासङ्घबीच शिक्षा मन्त्रालयमा भएको वार्ता सम्पन्न भएको छ।  आन्दोलनरत शिक्षक प्रतिनिधिहरू र शिक्षा मन्त्रालय बीच सुरु भएको छलफल सकिएको हो। शिक्षक महासङ्घको तर्फबाट २४ बुँदे ध्यानाकर्षण पत्र सरकारलाई बुझाउनुका साथै सरकारका कुराहरु सुन्ने काम सकिएको छ । 
    वार्तामा शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली  नेतृत्वको टोली र सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराईसहितको टोली सहभागी थियो।  शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ। उनीहरूले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक कब्जा गरेर प्रदर्शन गरेका थिए। मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो।

    ttt.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार