काठमाडौं । पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा आइतबार साँझ लेदोसहितको पहिरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो । लेदोका कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसले गर्दा पूर्व जाने र काठमाडौंं फर्किने सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।पहिरो रोकिएपछि लेदो पन्छाउने काम सुरु हुने प्रहरीको भनाइ छ ।-नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij