Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानु नगरपालिकामा ४ दिन निःशुल्क मोतियाबिन्दु सहितको आँखा शिविर हुदै

  • 407
    SHARES
  • 407 Shares
  • जनचाहना न्यूज 
    तनहुँ ९ चैत्र
    जिल्लको भानु नगरपालिकामा यहि चैत्र १४ गतेदेखि १७ गते सम्म निःशुल्क मोतियाबिन्दु सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल , सेवा फाउन्डेसन , भानु नगरपालिका, आँखा उपचार केन्द्र भानु, नारायणगढ लायन्स क्लव र लायन्स क्लव अफ नारायणगढ नारायणीको सहयोग एवं भानु नपा वडा नं १,२,३,९ र १३, जेसिआई भानु बन्दिपुर, एकता बुहारी समाज भानु १, कालिका युवा क्लव भानु २ र भानु युनेस्को क्लवको सहयोगमा भानु नगरपालिकाका विभिन्न वडाहरूमा निःशुल्क मोतियाबिन्दु आँखा शिविर सञ्चालन हुने भएको हो ।
    आँखा सम्बन्धी समस्या भएका नागरिकलाई स्थानीयस्तरमै सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि बिरामी छनोट गरिने आयोजकले जनाएको छ। शिविर २०८२ साल चैत १४ गतेदेखि १७
     गतेसम्म सञ्चालन हुनेछ।  कार्यक्रम अनुसार चैत्र १४ गते भानु ३ खहरे र भानु १ को पुलचोक डुम्रे कृषि भवनमा, चैत्र १५ गते चन्द्रावती कृषि सेवा केन्द्र भवन भानु १३ र भानु नपा ९ को कार्यालय बाईसजंगार र चैत्र १६ र १७ गते आँखा उपचार केन्द्र भानु नारेश्वरटार भानु २ मा आँखाको निशुल्क परिक्षण गरिने भानु नपाका जनस्वास्थ्य निरीक्षक सुभास रेग्मीले जानकारी दिनुभयो । 
    शिविरको समय बिहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ। सहभागी हुन इच्छुक सेवाग्राहीहरूले आफूलाई पायक पर्ने तोकिएको स्थानमा उपस्थित भई सेवा लिन सक्नेछन्।
    यस शिविरमा विशेषगरी मोतियाबिन्दुका बिरामीहरूलाई लक्षित गरी सेवा प्रदान गरिनेछ भने आवश्यक परेमा शल्यक्रियाका लागि थप प्रक्रिया अगाडि बढाइने भानु नपाका स्वास्थ्य शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।  
    कार्यक्रम सफल बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाहरूको सहयोग रहनेछ। ग्रामीण भेगमा रहेका दृष्टि समस्याका बिरामीहरूलाई यस शिविरबाट ठूलो राहत पुग्ने विश्वास गरिएको भानु नपाका मेयर आनन्दराज त्रिपाठीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार