जनचाहना न्यूज
तनहुँ २७ चैत्र
प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक बर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार आठ सय ५६ जनाले सेवा लिएका छन् ।
तनहुँसहित छिमेकी जिल्ला लमजुङ्ग,कास्की,चितवन,गोरखाबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट दिइने सेवा प्रवाह छिटो छरितो र प्रभावकारी भएका कारण बिरामीहरुको आकर्षण बढदै गएको कविराज निरीक्षक एवं सूचना अधिकारी सोमकान्त पौडेलले जानकारी दिनुभयो ।
सूचना अधिकारी पौडेलका अनुसार साउन महिनामा दुई हजार छ सय ५३,भदौमा एक हजार आठ सय ९९ र असोजमा एक हजार चार सय ८३ जनाले सेवा लिएका छन् ।
त्यसैगरी कार्तिकमा दुई हजार एक सय ३७,मंसिरमा तीन हजार आठ सय २२,पुसमा चार हजार छ सय ३७,माघमा तीन हजार ३२,फागुनमा तीन हजार एक सय ९३ जनाले सेवा लिएका छन् ।
उक्त चिकित्सालयमा स्नेहन, श्वेदनबाहेक दैनिक ३५ देखि ६५ सम्म बिरामी उपचारका लागि आउने गरेको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अधिकाँश बिरामी पेटसंम्बन्धि समस्याका हुने गरेका छन् ।”
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडी सेवा नियमित संचालनमा हुदै आएको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा.नारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिशेषगरी अम्लपित्त,बाथ, श्वासप्रश्वास, फिसर फिस्टुला,प्रेसर, सुगर,महिला प्रसूति लगायतका बिरामीको संख्या अधिक हुने गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij