काठमाडौं ४ बैशाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएपछि पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएको सन्दर्भमा बिरामी सेवामा कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको हो। स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ।
प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार बिदाका दिन आइतबारका पूर्वनिर्धारित शल्यक्रिया ९ओटी० लगायतका सेवा बिरामीको सहजता हेरी पुनः तालिका मिलाइनेछ। यद्यपि अन्तरंग ९इनडोर० तथा आकस्मिक सेवा भने सधैंझैं २४ सै घण्टा सञ्चालनमा रहनेछन्। मन्त्रालयले बिदाका दिन बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्मका सेवा उपलब्ध गराउन, आवश्यक सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
त्यसैगरी सर्वसाधारणलाई जानकारी दिन बिदाका दिन उपलब्ध सेवाको विवरण अस्पतालहरूको वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्न पनि आग्रह गरिएको छ। मन्त्रालयले ‘अस्पताल सुधार कार्यविधि, २०८२’ को पूर्ण पालना गर्दै संगठन तथा व्यवस्थापन सर्वे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
३स्वास्थ मन्त्रालय
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij