जनचाहना न्यूज
तनहुँ १८जेठ
जिल्लाको भानु नगरपालिकाले नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी तीन सय ९४ जनाको छातीको परीक्षण गरिएको छ । छाती सम्बन्धी रोगको खोजपड्ताल गर्ने अभियान अन्तर्गत सञ्चालन गरिएको शिविरमा तेइस जना क्षयरोगी पहिचान भएको हो । स्वास्थ्य क्षेत्रमा प्रविधिको आधुनिक प्रयोग गरी नगरवासीको स्वास्थ्य परीक्षण सुरु गरिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार भानु नगरपालिका–३ खहरेस्थित स्वास्थ्य चौकी भवनमा आयोजित एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण कार्य गरिएको हो ।
परीक्षणका क्रममा तेइस जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा संकेत देखिएपछि उनीहरूलाई थप पुष्टि तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि प्रार्देशिक अस्पताल दमौलीमा रिफर गरिएको छ ।
भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा आइतबार विशेष अभियान र स्वास्थ्य शिविरको सुरुवात गरेको थियो ।
विशेषगरी क्षयरोग (टीभी) र छाती सम्बन्धी अन्य जटिल रोगहरूको प्रारम्भिक अवस्थामै पहिचान गर्ने उद्देश्यले यो कदम चालिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
एआई प्रविधिले एक्स–रे रिपोर्टको प्रारम्भिक विश्लेषण गरी क्षयरोगको जोखिम भएका व्यक्तिहरूलाई छिटो पहिचान गर्न ठूलो सहयोग पु¥याएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । आधुनिक प्रविधिको प्रयोगले समुदायस्तरमै रोगको प्रारम्भिक स्क्रीनिङलाई प्रभावकारी, छिटो र सहज बनाएको उहाँले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij