जनचाहना न्यूज
तनहुँ २६ जेठ
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजनामा मंगलबार दमौलीमा आयोजना गरिएको मानसिक स्वास्थ्य प्रबद्र्धन तथा आत्महत्या रोकथाम संम्बन्धि संवेदनशील रिर्पोटिङ्गका लागि संचारकर्मी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी द्धारिका प्रसाद घिमिरेले आत्महत्या रोकथामका लागि संवेदनशील र जिम्मेवार मिडिया रिर्पोटिङ्ग तथा प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख जनस्वास्थ्य प्रशासक अमर दवाडीले आत्महत्या तथा मानसिक स्वास्थ्य संम्बन्धी जिम्मेवार समाचार संम्प्रेष्ण ः संचारकर्मी अभिमुखीकरण कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारी,सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्र्तगत आप्रवासी स्रोत केन्द्रकी संयोजक लुना राना लगायतका वक्ताहरुले मानसिक समस्या भएका व्यक्तिहरुका लागि मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम संम्बन्धि समाजमा अझै सचेतना फैलाउन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रमको मुख्य उद्धेश्य बारे जनस्वास्थ्य अधिकृत बिभुषा थापाले जानकारी गराउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij