जनचाहना न्यूज
दमौली ३ असार
जिल्लाको भानु नगरपालिकाले आयुर्वेद विशेषज्ञ चिकित्सकहरूद्वारा ३ दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना प्रकाशित गरी बिरामीलाई सेवा लिन अनुरोध गरेको छ। नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराईका अनुसार शिविरमा हाड जोर्नी नसा सम्बन्धी समस्या, वात रोग, उदर रोग, मुत्ररोग, पाइल्स, पिनास, दम, युरिक एसिड, स्त्रीप्रसूती रोग लगायतका रोगका बिरामीहरूको निःशुल्क जाँच र उपचार गरिनेछ। कार्यक्रम अन्तरगत वडा(वडामा शिविर संचालन हुने छ । शिविर प्रत्येक दिन बिहान ९ बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ। असार ९ गते, मङ्गलबार भानु नगरपालिका वडा नं १२ को वडा कार्यालय,असार १० गते, बुधबार भानु नगरपालिका वडा नं। १० को वडा कार्यालय ,असार ११ गते, बिहिबार भानु नगरपालिका वडा नं ३ को वडा कार्यालय, शिविरमा स्वास्थ्य परीक्षण र उपचारसँगै ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा र योग सेवा समेत उपलब्ध गराउने जनाएको छ। शिविर अवधिभर चिकित्सकले सिफारिस गर्ने सम्पूर्ण आयुर्वेदिक औषधीहरू निःशुल्क वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभएको छ। नगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ आयुर्वेदिक स्वास्थ्य सेवा घर नजिकै पुर्याउने उद्देश्यले यो शिविर आयोजना गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताउनु भएको छ। भानु नगरपालिका र आसपासका सम्पूर्ण बिरामीलाई तोकिएको मिति, स्थान र समयमा उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij