जनचाहना न्यूज
तनहुँ १४ असार
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा आइतबार अठ्ठार वटा होटलको अनुगमन गरी स्तरीकरण गरेको छ । पृथ्वीराजमार्ग सडक छेउमा संचालिन होटल तथा रेस्टुरेन्टको सेवा, सरसफाइ, खाद्य सुरक्षा तथा अन्य मापदण्डको मूल्याङ्कनका आधारमा तेह्र वटा होटलको स्तरीकरण गरेको हो । व्यास नगरपालिका–२ स्थित होटल सिद्धार्थ, एपेक्स हस्पिटालिटी अति उत्तम श्रेणीमा पर्न सफल भई थ्री स्टार पाएको खाद्य डिभिजन प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार थ्री स्टार पाउने होटल सिद्धार्थले १०० पूर्णाङ्कमा ९० भन्दा माथि नम्बर ल्याएको छ । संरचनामा राम्रो भएको,बन्द कोठा भित्र किचन भएका,अभिलेख राम्रोसंग राखेका लगायतका आधारमा थ्रीस्टार भित्र पर्न सफल भएको हो,उहाँले भन्नुभयो,“अभिलेख व्यवस्थापनलाई दुरुस्त राख्न सके थप माथिल्लो चरणमा पुग्न सक्ने देखिएको छ ।”
सामान्य ग्रेड पाएका चार वटा होटलले ५० देखि ६४ नम्बर र सी ग्रेडमा परेका आठ वटाले ६५ देखि ७९ सम्म नम्बर पाएका छन् ।
व्यास–५ ग्रिन हिल रेष्टुरेण्ट,सोही वडा स्थित होटल ड्रागन,व्यास–१२ स्थित कन्टेनर कफी हब प्रालि र सोही वडा स्थित रइस क्याफे एण्ड रेष्ट्रो रहेको छ ।
त्यसैगरी सी ग्रेडमा सामान्य ग्रेडमा पर्नेले हरियो एक स्टार प्राप्त गरेका छन् । जसमा व्यास–५ स्थित मानुङ्गकोट रिसोर्ट प्रा.लि.,सोही वडा स्थित दुना टपरी रेष्टुरेण्ट, व्यास–१२ को हाइवे ब्रेक ईभी पोइन्ट प्रालि,कैनी भिला क्याफे एण्ड रेष्टुरेन्ट,होटल हाइवे किङ्ग, बबिना होटल एण्ड रेष्टुरेन्ट, ए वान क्याफे एण्ड रेष्ट्रो, र व्यास–४ मा रहेको पिस प्याराडाइज रिसोर्ट रहेका छन् । अनुगमनमा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने,उपप्रमुख इन्दिरा दरै,प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल,होटल व्यवसायी संघ,क्षेत्रीय होटल संघका प्रतिनिधी,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका खाद्य निरीक्षण अधिकारी अशोक गौतम,कार्यक्रम संयोजक सन्तोष थापामगर,नेपाल प्रहरी र व्यास नगरप्रहरी सहितको टोली खटिएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij