Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानुको खहरेमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उदघाटन ः ६ जना जग्गादाता सम्मानित

  • 138
    SHARES
  • 138 Shares
  • जनचाहना न्यूज
    तनहुँ २१ असार

    जिल्लाको भानु नगरपालिका–३, खहरेमा नवनिर्मित ’भानु स्वास्थ्य चौकी’ को आधुनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार, सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत भवन निर्माण कार्य सम्पन्न भएको हो । 
    सहरी विकास तथा भवन निर्माण विभाग, कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवनको शनिबार भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठील उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख त्रिपाठीले स्वास्थ्य क्षेत्रमा स्थानीयबासीले देखाएको उत्साहले जनप्रतिनिधीहरुलाई थप हौसला मिलेको उहाँले बताउनुभयो ।   
    जिल्लाको भानु नगरपालिका–३, खहरेमा नवनिर्मित ’भानु स्वास्थ्य चौकी’ को नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि छ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ । 
    ‘भानु स्वास्थ्य चौकी’ को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका छ जनाको परिवारले रु.तीन करोड चौविस लाख मूल्य बराबरको जग्गा दान गरेका हुन् । 
    स्वास्थ्य सेवा जस्तो पवित्र कार्यका लागि स्थानीयले देखाएको यो उदारताको कदर गर्दै हालै एक विशेष कार्यक्रमका बिच शिलालेख अनावरण गरी जग्गादाताहरूको योगदानलाई सार्वजनिक गरिएको छ ।
    जग्गादान गर्ने दानवीरहरूमा स्थानीय बाल कृष्ण र राम माया कार्की एक रोपनी ८ आना २ पैसा एक दाम जग्गा दान गरेका छन् । हालको चलनचल्तीको मूल्य अनुरुप रु. ९८ लाख ५० हजारको जग्गा रहेको छ । दानबीर मध्ये कार्की दम्पतीले बढी दान गरेका हुन् ।  
    त्यसैगरी विष्णुबहादुर र सरिता कार्की पन्तका परिवारले रु.६४ लाख मूल्यको एक रोपनी,ज्ञानबहादुर र बिर माया गुरुङले रु.६४ लाख मूल्यको एक रोपनी,दुर्गबहादुर र रन कुमारी गुरुङले रु.४८ लाख मूल्यको  १२ आना,स्व. लालबहादुर,जग कुमारी श्रेष्ठले ३२ लाख मूल्यको ८ आना र रामबहादुर र सुनकोरी गुरुङले रु.सत्र लाख ७५ हजार मूल्यको ४ आना एक पैसा तीन दाम जग्गा दान गर्नुभएको हो । 
    दाताहरूको उच्च सम्मान 
    गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा पुगोस् र गरिब तथा विपन्न नागरिकले उपचार अभावमा तड्पिनु नपरोस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा दान गरिएको दाता बालकृष्ण कार्कीले बताउनुभयो । आफ्नै गाउँका नागरिक मिलेर करोडौँको जग्गा जुटाएपछि स्थानीयवासी उत्साहित भएर लागेका छन् ।  

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार