लायन्स क्लब अफ तनहुँ म्याग्देको आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १५९ पिन्ट रगत संकलन भएको छ ।
‘एक कर्म, तीन धर्म’ भन्ने मुल नाराका साथ जिल्लाको म्याग्दे गाउँपालिका–३ धयँरेमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रश सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कोभिड–१९को संक्रमणका कारण पोखरा ब्लड बैंकमा रगतको अभाव सिर्जना भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष अधिकारीले बताउनुभयो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले कार्यक्रम राखिएको हो । उहाँले भन्नुभयो ‘रक्तदान जीवन पुण्य कार्य भएकोले उक्त परिमाणमा रगत संकलन गरिएको छ ।’
भएकोले पकार्यक्रमको म्याग्दे गाँउपालिकाकी अध्यक्ष मायादेवि रानाले ब्लड ब्याग डोनरलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । रक्तदान जीवन दान भएकोले कसैको जीवन बचाउनु भन्दा पुण्यको काम अरु हुन नसक्ने उहाँले बताउनुभयो ।
बिषम परिस्थतीमा पनि क्लबले रक्तदान जस्तो महान कार्य गरेकोले यसबाट अरुले पनि पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, लायन्स, ब्लड चिफ महेश पौडेल, वडा नं ३का वडा अध्यक्ष श्रीबहादुर थापा, रिजन चियर पर्सन प्रदीप थापा, जि एल टि कोर्डिनेटर सुजित हिराचन लगायतकाले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ तनहुँ म्याग्देले अघिल्लो वर्ष पनि ठुलो मात्रामा रगत संकलन गरी ब्लड बैंकलाई हस्तान्तरण लायन्स क्लब अफ तनहुँ म्याग्देका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ जानकारी दिनुभयो ।–––
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij